Kathmandu Press

सरकारले बनायो कृष्णहरि पुष्करलाई अर्थसचिव 

काठमाडौं, साउन २६ : सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुष्करलाई अर्थसचिव बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो।  उनी...
सरकारले बनायो कृष्णहरि पुष्करलाई अर्थसचिव 

काठमाडौं, साउन २६ : सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। 

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुष्करलाई अर्थसचिव बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो।  उनी यसअघि राजस्व सचिव थिए। 

अर्थसचिवबाट मधुकुमार मरासिनीको सरुवा भएपछि सरकारले पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई  दिएको छ । 

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्