Kathmandu Press

फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै हो : मेयर साह

काठमाडौं, साउन २६ : महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन्  । काठमाडौं महानगरपालिकाको आज बिहीवार बसेको...
फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै हो : मेयर साह

काठमाडौं, साउन २६ : महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन्  । 

काठमाडौं महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह नै हुने बताएका हुन् । 

उनले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताए । कारबाही नभएमा अराजकता फैलिने मेयर साहको भनाइ छ । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् । 

यसै सन्दर्भमा मेयर साहले फोहरबाट दुर्गन्धित नफैलियोस् भनेर सम्झौता भएअनुसार काठमाण्डौ महानगरपालिकाले आफ्नो काम गर्दै आएको पनि जानकारी दिए  ।  

पालिकाको चुनावभन्दा तीनरचार महिना अगाडिदेखि नै फोहर थुप्रिएको र अहिले बाटो मर्मतको काम भइरहेकाले महानगरको फोहोर व्यवस्थापनमा ढिलाइ भएको देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्