चुनावी घोषणापत्र बनाउन एमालेले गठन गर्याे समिति, कोको छन् सदस्य ?
काठमाडौं, साउन २६ : नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि चुनावी घोषणापत्र तयार गर्न समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय...
काठमाडौं, साउन २६ : नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि चुनावी घोषणापत्र तयार गर्न समिति गठन गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
समितिमा ८ जना सदस्य रहेका छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहने गरी समिति गठन गरेको हो ।
बैठकले अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । संघ र प्रदेशको निर्वाचनको तयारीबारे छलफल गर्न भदौ ७ र ९ गते स्थायी कमिटी र पोलिटब्युरोको बैठक समेत बोलाइएको छ।
प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











