Kathmandu Press

गठबन्धन कार्यदलको बैठक : सिट बाँडफाँटको आधार अघिल्लो निर्वाचनको मतपरिणाम 

छलफलपछि पत्रकारहरुसँग बोल्दै माअ‍ोवादी केन्द्रका नेता देव गुरुङले सिट बाँडफाँटको मोडालिटीबारे कार्यदलमा सकारात्मक छलफल भएको जानकारी दिए ।
गठबन्धन कार्यदलको बैठक : सिट बाँडफाँटको आधार अघिल्लो निर्वाचनको मतपरिणाम 

काठमाडौं, साउन २६ : सत्ता गठबन्धन दलहरु आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो आधार अघिल्ला निर्वाचनहरुमा प्राप्त मतलाई बनाउन सकारात्मक भएका छन् । 

आगामी निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटीका बारेमा बालुवाटारमा बसेकाे कार्यदलकाे बैठकमा  २०७४ को आम निर्वाचन र गत वैशाखको स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त  गरेको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्न प्रारम्भिक सहमति जुटेको हो ।

छलफलपछि पत्रकारहरुसँग बोल्दै माअ‍ोवादी केन्द्रका नेता देव गुरुङले सिट बाँडफाँटको मोडालिटीबारे कार्यदलमा सकारात्मक छलफल भएको जानकारी दिए । उनले आजको बैठकमा भएको छलफलको विषयमा सबैले आ–आफ्ना पार्टीमा कुरा राख्ने र पुनः बैठक बसेर निर्णयमा पुर्याउने बताए । 

आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने सहमति भएपछि सिट बाँडफाँटका गर्नका लागि ११ सदस्यीय कार्यदल बनाइएको थियो। कार्यदललाई भदौ पहिलो साताभित्र सिट बाँडफाँटको मोडालिटी पेश गर्न भनिएको छ । 
 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्