Kathmandu Press

आफ्ना माग राख्दा विश्वविद्यालयको पठनपाठनमा असर नपार्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन्।नेपाल...
आफ्ना माग राख्दा विश्वविद्यालयको पठनपाठनमा असर नपार्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन्।

नेपाल प्राध्यापक संघको ६०औं वार्षिक दिवसका अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउँदा जिम्मेवार भएर विश्वबिद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका हुन्।

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उहाले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी सम्वाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले बिद्यार्थीहरुले पढ्न चाहेको बिषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरु सुधार गर्नुपर्ने गम्भीर चूनौतिमा रहेको बताए। उहाले विश्वबिद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सवै समस्याहरुलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राखे।

मन्त्री पौडेलले प्राध्यापकको पेशागत हक हितका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्