Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काठमाडाैं, साउन २६ : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो...
नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काठमाडाैं, साउन २६ : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले उक्त विधेयकले तराई तथा देशका अन्य भूभागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गरे।

उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गरे।

सोही कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गरे। नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गर्नुभयो ।

उनले भने, 'पेट्रोलियम पदार्थको मूल्य १५-१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनुपर्छ।'

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्