Kathmandu Press

एनएसएललाई एन्फाले दियो अनुमति, असोज २३ देखि मंसिर २ सम्म हुने

काठमाडौं, साउन २६ : नेपाल पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिएको...
एनएसएललाई एन्फाले दियो अनुमति, असोज २३ देखि मंसिर २ सम्म हुने

काठमाडौं, साउन २६ : नेपाल पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिएको छ। बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले एनएसएल आयोजनाका लागि अनुमति दिएको हो।

असोज २३ देखि मंसिर २ सम्मको एनएसएल आयोजना गर्न दिने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ। एनसएसल र ए डिभिजन क्लबबीच विवाद उत्पन्न भएपछि एन्फाले एनएसएल आयोजनामा रोक लगाएको छ। 

यस्तै, एन्फा बोर्ड बैठकले एनएसएल आयोजकसँगको सम्झौता त्रुटीपूर्ण भएको भन्दै सो सम्झौता खारेज गर्दै नयाँ सम्झौताका लागि सम्झौता नवीकरण समिति पनि गठन गरेको छ।

७ सदस्यीय समितिको संयोजकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ छन्। समितिका सदस्यमा उपाध्यक्षद्वय दीपपक खतिवडा र कुमार केसी, सदस्यहरू टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन्। 

एनएसएलमा १० फ्रेन्चाइज टिमले सहभागीता जनाउने छन्। जसमा विराटनगर सिटी एफसी, विरगञ्ज युनाइटेड एफसी, बुटबल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची छन्। इलाम, झापा र विरगञ्ज प्रतियोगिताका नयाँ टिम हुन्।

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्