Kathmandu Press

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

२ हजार ४११ जनामा पीसीआर परीक्षण गर्दा ४६५ र  २ हजार १२३ जनामा एन्टीजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको छ। 
कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं, साउन २६ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ८१५ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार बिहीबार ४ हजार ५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

जसमध्य २ हजार ४११ जनामा पीसीआर परीक्षण गर्दा ४६५ र  २ हजार १२३ जनामा एन्टीजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार बिहीबार ५ जना संक्रमितको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ  ९ लाख ९२ हजार १४६ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४६ हजार २९९ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९८ लाख ७२ हजार २०० पुगेको छ ।  

हालसम्म  ११ हजार ९८२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर  ५ हजार ८६९ सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्