Kathmandu Press

काठमाडौं उपत्यकामा २४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ८३, ललितपुरमा...
काठमाडौं उपत्यकामा २४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय ८३, ललितपुरमा ५९ र भक्तपुरमा ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ९ सय २२, ललितपुरमा ८ सय ६८ र भक्तपुरमा ८१ रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार देशभर ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ।

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्