Kathmandu Press

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुन उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा केसीविरुद्ध रिट दायर भएको हो । बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीविरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् । 
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, साउन २६ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुन उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा केसीविरुद्ध रिट दायर भएको हो । बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीविरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् । 

रिटमा केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरिएको छ। विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि रिट निवेदकहरुले केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन्।

मन्त्रिपरिषदको साउन ९ गतेको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्