प्रेम दिवसमा शिवको उपहार ‘तिमी नै मेरो सास हौ’
काठमाडौं, माघ २७ : प्रेम दिवसको अवसरमा गायक शिव परियारले ‘तिमी नै मेरो सास हौं’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
आफ्नै....

काठमाडौं, माघ २७ : प्रेम दिवसको अवसरमा गायक शिव परियारले ‘तिमी नै मेरो सास हौं’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गर्दै गायक शिवले दर्शक र स्रोताका लागि प्रेम दिवसको उपहार भएको बताएका छन् । उनले भने, “प्रेम दिवसमा मेरा समस्त दर्शक तथा स्रोतालाई उपहार स्वरुप यो म्युजिक भिडियो लिएर आएको छु ।”
गायक शिव परियार ।
यसमा आकाश श्रेष्ठ र स्वस्तिमा खड्काको सुन्दर अभियन रहेको छ । आकाश र स्वस्तिमाको अभियनले यस म्युजिक भिडियोलाई प्रेमिल बनाएको छ ।
यस अघि शिवकै ‘आशुको अर्थ’ गीतमा पनि यहि जोडी थियो । जुन गीतले युट्यूबमा एक करोडभन्दा बढी भ्यूज पाएको थियो । त्यही जोडीलाई यो गीतमा पनि प्रस्तुत गरेका छन्, शिवले ।
एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत तथा एरेन्ज रहेको यो गीत सुहाना क्रियसनले प्रस्तुत रहेको हो ।
निकेश खड्काले निर्देशन तथा सुबोल थापाको कोरियोग्राफीलाई बुद्ध थापाले क्यामरामा उचारेका हुन् । यसलाई बिकाश धमलाले सम्पादन गरेका छन् ।











