Kathmandu Press

दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाइ बहुमत ल्याउँछ : एमाले नेता अधिकारी

काठमाडाैं, साउन : एमाले नेता खगराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याउने बताएका छन्।रिपोटर्स...
दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाइ बहुमत ल्याउँछ : एमाले नेता अधिकारी

काठमाडाैं, साउन २६ : एमाले नेता खगराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याउने बताएका छन्।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको र यदि दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाई बहुमत ल्याउने बताएका हुन्। नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिए।

वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको, सार्कलाई रिभाईभ गर्न नसकेको लगाएतका आरोप लगाउदै अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विद्येयकको बारेमा आफ्नो निर्णय लिने पनि उनले बताए।

साक्षात्कारमा कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने दावी गरे। एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उनको भनाइ छ। यादवले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणका लागि  राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे।

यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको जिकिर गरे।

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्