सशस्त्र प्रहरीका २० एसपीको सरुवा गर्ने तयारी
काठमाडौं, साउन २६ ः सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लामा रहेका गणहरूको प्रमुख रहेका उपरीक्षकहरूको सरुवा गर्ने तयारी गरेको छ। कमाण्ड अवधि दुई वर्ष पूरा गरेका...
काठमाडौं, साउन २६ ः सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लामा रहेका गणहरूको प्रमुख रहेका उपरीक्षकहरूको सरुवा गर्ने तयारी गरेको छ।
कमाण्ड अवधि दुई वर्ष पूरा गरेका २० उपरीक्षकहरूको सरुवा गर्ने तयारी भएको हो। सशस्त्र प्रहरी बलका २० जिल्लामा रहेका गणको नेतृत्व उपरीक्षकले गर्छन्।
केही उपरीक्षकहरूको कमाण्ड अवधि दुई वर्ष भन्दा पनि बढी भएकाले उनीहरूलाई परिवर्तन गरेर नेतृत्व नपाएका उपरीक्षकहरूलाई नेतृत्व दिने तयारी भएको सशस्त्र प्रहरी मुख्यालयले जानकारी दिएको छ।
केहीले लामो समय कमाण्ड सम्हालिरहने र केहीले कमाण्ड सम्हाल्न नपाउने अवस्था देखिएपछि अहिलेका कमाण्ड अवधि पुगेकालाई हटाएर नयाँलाई मौका दिने तयारी गरिएको हो।
प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











