कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा सुधार देखिँदै
काठमाडाैं, साउन २६ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा सुधार देखिएको छ।कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज (बिहीबार) एक विज्ञप्ति जारी...
काठमाडाैं, साउन २६ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा सुधार देखिएको छ।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जानकारी दिएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसदसमेत रहेका गिरी राजनीतिक चिन्तक एवं प्रसिद्ध लेखक पनि हुन्। उनी केही दिनदेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत छन्।
घाँटीमा क्यान्सर देखिएपछि उनी उपचारका लागि भारत गएका थिए। स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किएका थिए। तर नेपाल आउनासाथ निमोनिया देखिएकाले उनलाइृ भर्ना गरिएको सचेतक विश्वकर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘नेपाल आउनासाथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ। चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
त्यसैगरी कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य कर्मा घलेको पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रोस्टेट क्यान्सर भएपछि भारतका विभिन्न अस्पतालमा उपचार गरी फर्किएका उनको हाल हरिसिद्धस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको जानकारी उनले दिएक छन्।












