Kathmandu Press

बाबुरामले भेटे प्रचण्ड, चुनावी तालमेलबारे छलफल

काठमाडौं, साउन २६ : जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएर नेपाल समाजवादी पार्टी स्थापना गरेका डा. बाबुराम भट्टराईले पछिल्लो समय विभिन्न दलका नेतासागको भेटघाटलाई...
बाबुरामले भेटे प्रचण्ड, चुनावी तालमेलबारे छलफल
फाइल तस्बिर

काठमाडौं, साउन २६ : जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएर नेपाल समाजवादी पार्टी स्थापना गरेका डा. बाबुराम भट्टराईले पछिल्लो समय विभिन्न दलका नेतासागको भेटघाटलाई तीव्रता दिएका छन्।

यसैक्रममा उनले आज (बिहीबार) बिहान हात्तीवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। त्यसक्रममा चुनावी सहकार्य, तालमेल र गठबन्धनबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

उनले मंगलबार मात्र सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। सो भेटमा उनले आफूहरु गठबन्धनमा रहेर चुनावमा जान तयार रहेको बताएका थिए।  

पछिल्लो समय भट्टराइले सत्ता गठबन्धनका लागि आफ्नो दल स्वाभाविक रूपमा हकदार रहेको बताउँदै आएका छन्। आज प्रचण्ड र श्रेष्ठसँगको भेटलाई पनि सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई प्रवेश गराउने भट्टराईले गिररहेको प्रयासका रुपमा अथ्र्याइएको छ।  

बाबुरामलाई गठबन्धनमा ल्याउन प्रचण्डका साथै प्रधानमन्त्री देउवासमेत सकारात्मक रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।   

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्