Kathmandu Press

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो।बैठकमा आसन्न...
एमाले सचिवालय बैठक च्यासलमा सुरु
फाइल तस्बिर

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो।

बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ। बैठकले सबै कमिटीको बैठकको मिति तोक्ने र चाँडै पार्टीका सबै कमिटीको बैठक राख्ने विषयमा निर्णय गर्ने जनाइएको छ। 

सरकारले आगामी मंसिर ४ का लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि एमाले चुनावी तयारीमा जुट्न लागेको हो।

सत्तारुढ पाँचदलीय गठबन्धन तालमेलसहित चुनावमा होमिन लागेका बेला एमाले एक्लै चुनावमा जान्छ या गठबन्धन गर्छ भनी आम चासोको विषय बनिरहेकf बेला बसेको यो सचिवालय बैठक र एमालेले गरेका गतिविधिलाई सबैले महत्वका साथ हेरिरहेका छन्।

हालसम्म गठबन्धन वा तालमेल केही पनि निर्णय नगरेको एमालेले कस्तो चुनावी रणनीति अपनाउने भन्ने विषयमा आधारभूत छलफल बैठकमा हुने एमालेका एक नेताले बताए।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्