Kathmandu Press

वन नियमावली २०७९ खारेजीकाे माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडाैं, साउन २६ : वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेकाे छ।वन तथा वातावरण...
वन नियमावली २०७९ खारेजीकाे माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडाैं, साउन २६ : वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेकाे छ।

वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

वन क्षेत्रमा योगदान पुराउने सामुदायिक वन उपभोक्ताहरुलाई मारमा पार्नेगरि नियमावली ल्याएकाले निरन्तर विरोध गर्नुपरेको महासंघकी अध्यक्ष भारती पाठकले बताइन्।

समुदायिक वन उपभोक्ताको अधिकारी कटौती भएको विषयमा पटकपटक राज्यको ध्यानाकर्षण गराउँदा पनि नसुनिएको उनको भनाइ छ।

उक्त नियमावली तत्काल खारेज गराउन सामुदायिक वन उपभोक्ता महासंघले जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको जनाएको छ।

 

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्