शेयर बजारमा फेरि अन्योल
काठमाडौं, मंसिर १० : नेप्से परिसूचक ० दशमलव ९१ ले घटेर ११०९ दशमलव १६ को विन्दुमा बन्द भएको छ।
दोस्रो बजार ० दशमलव ०८ प्रतिशतले घटेको छ।....
काठमाडौं, मंसिर १० : नेप्से परिसूचक ० दशमलव ९१ ले घटेर ११०९ दशमलव १६ को विन्दुमा बन्द भएको छ।
दोस्रो बजार ० दशमलव ०८ प्रतिशतले घटेको छ। १११० दशमलव ०८ को विन्दुमा खुलेको दोस्रो बजार मंगलबार ११११ दशमलव ७७ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११०७ दशमलव २४ रहँदा २९ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ८१ लाखको संस्थापक शेयर कारोबार भएको छ भने सिटिजन्स बैंकको ३ करोड ८२ लाखको संस्थापक शेयर कारोबार भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर किनबेच भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ५ करोड ८१ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ६ प्रतिशतले कमाए भने युनियन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार १११३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारले यो प्रतिरोध क्षेत्रलाई तोड्न असफल रहेको छ। आज बजार ११०९ दशमलव १६ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार आज बजारले १११३ को प्रतिरोध क्षेत्रलाई परीक्षण गरेको छ। आज बजारले ‘डोजी’ आकृतिको मैनबत्ती बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बजारमा उतारचढाव रहेको थियो भने आज बजार प्रवृत्तिहीन रहेको छ।
बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५१ दशमलव २५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ।
निष्कर्ष : बजारमा उतारचढाव कम भएकाले अघिल्लो कारोबार दिनको निष्कर्षले नै निरन्तरता पाएको छ। समग्रमा हेर्दा यदि बजार १११३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन प्रतिरोध ११२० मा रहेको देखिन्छ। हाल बजारको मुख्य तत्कालीन टेवा ११०० को क्षेत्रमा रहेको देखिन्छ। यो आफैँमा पनि मनोवैज्ञानिक टेवा क्षेत्र हो।