Kathmandu Press

पद नपाए गुटबन्दी गर्ने व्यक्तिवादी प्रवृत्ति पार्टीभित्र माैलायाे : नेपाल

काठमाडाैं, साउन २६ : नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ती आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका...
पद नपाए गुटबन्दी गर्ने व्यक्तिवादी प्रवृत्ति पार्टीभित्र माैलायाे : नेपाल

काठमाडाैं, साउन २६ : नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन्।

‘म’ बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ ले पाईन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उनको भनाइ छ।

सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिए।

कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्