बार्सिलोना छाड्ने तयारीमा केसिइ र क्रिस्टिन्सन
काठमाडौं, साउन २६ : स्पेनिस क्लब बार्सिलोनाले केही समयअघि मात्र फ्रि ट्रान्सफरमा अनुबन्धन गरेका खेलाडीद्वय फ्रान्क केसिइ र आन्द्रे क्रिस्टिन्सनले बार्सिलोना छाड्ने तयारी गरेका...
काठमाडौं, साउन २६ : स्पेनिस क्लब बार्सिलोनाले केही समयअघि मात्र फ्रि ट्रान्सफरमा अनुबन्धन गरेका खेलाडीद्वय फ्रान्क केसिइ र आन्द्रे क्रिस्टिन्सनले बार्सिलोना छाड्ने तयारी गरेका छन्। आर्थिक संकटमा परेको बार्सिलोनाले नायँ अनुबन्धन गरेका खेलाडीलाई दर्ता गराउन नसकेपछि केसिइ र क्रिस्टिन्सनले बार्सिलोना छाड्ने तयारी गरेका हुन्।
केसिइ र क्रिस्टिन्सनले आफूहरुलाई दर्ता गर्न ४८ घण्टाको समयसीमा दिएका छन्। उनीहरुले बार्सिलोनाले आफूहरुलाई ला लिगा सुरु हुनु अगावै दर्ता गरिसक्र्नु पर्ने बताएका छन्। बार्सिलोनाले त्यसो गर्न नसके आगामी आइतबारसम्म दुवै क्लब छाड्ने छन्।
बार्सिलोनलो डिफेन्सि मिडफिल्डर केसिइलाई इटालियन क्लब एसी मिलान र क्रिस्टिन्सनलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको थियो। बार्सिलोना छाडे केसिइ पुनः एसी मिलान नै फर्कने सम्भावना प्रवल छ।
कोरोना महामारीपछि आर्थिक संकटमा फसेको बार्सिलोनाले यो सिजन खेलाडी अनुबन्धनमा थुप्रै रकम खर्चिएकाृ थियो। यो सिजन उसले केस्सीइ र क्रिस्टिन्सनसँगै रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुलेस कुन्डेलाई अनुबन्धन गरेको थियो।
आर्थिक संकटका बाबजुद खेलाडी अनुबन्धनमा सक्रियता देखाएपछि ला लिगाले यो विषयमा छानविन गरिरहेको छ। फाइनान्सियल फेयर प्लेका कारण बार्सिलोनाले नयाँ अनुबन्धित र सम्झौता नवीकरण गरेका उस्मान डेम्बेल र सर्जियो रोबर्टोलाई पनि दर्ता गराउन सकेको छैन।











