Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य आचार्यद्वारा सडक  सञ्चालनका लागि पहल

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गत मङ्गलबार रातिको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरी बाढीपहिराले अवरुद्ध सडक पुनः...
कांग्रेस केन्द्रीय सदस्य आचार्यद्वारा सडक  सञ्चालनका लागि पहल

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गत मङ्गलबार रातिको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरी बाढीपहिराले अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। 

रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँ र वनुवा घुम्तीबीचको सडक अवरुद्ध भएको छ । सांसद आचार्यले बुधबार सो क्षेत्रको अनुगमन गरेका थिए । बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमन गर्न आएका सांसद आचार्यले सो क्षेत्रको सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।  

सांसद आचार्यले आज पनि बाढी पहिरोका कारण रसुवाका अन्य क्षेत्रमा पुगेको क्षतिको अवलोकन गर्दै छन्।

प्रकाशित मिति: १०:४९ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्