Kathmandu Press

एमालेको सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने 

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मध्याह्न १२ बजे बैठक...
एमालेको सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने 

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्ने छ । 

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ। 

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ।

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । एमालेका नेताहरु गठबन्धन बाहिरका दलसँग तालमेल हुने बताउँदै आएका छन्। आजको बैठकमा अन्य दलसँगको तालमेलको सम्भावना र प्रभावका बारेमा छलफल हुने बताइएको छ ।्

प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्