Kathmandu Press

सीट बाँडफाँडका लागि गठबन्धन कार्यदलको बैठक बस्दै

सीट बाँडफाँडका लागि गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं, साउन २६ : सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो। सीट बाँडफाँडबारे छलफल गर्न बैठक बोलाइएको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति भएको छ। त्यसका लागि सीट बाँडफाँडको खाका बनाउन कार्यदल गठन गरिएको हो।

गठबन्धनको ११ सदस्यीय कार्यदलको आज दोस्रो बैठक बस्न लागेको हो। यअसघि साउन २३ गते पहिलो बैठक बसेको थियो। बैठकले कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो।

कार्यदलले सीट बाँडफाँडको खाका बनाएर शीर्ष नेतालाई दिनेछ। त्यसका आधारमा शीर्ष नेतृत्वले कहाँ कसलाई उम्मेदवार बनाउने तय गर्नेछ।

 

प्रकाशित मिति: ०८:१२ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्