Kathmandu Press

बागमती र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २६ : मनसुनी वायुका कारण आज बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। जसले गर्दा अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०६:५८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्