बझाङमा एकै परिवारका तीन जना मृत भेटिए
बझाङ, साउन २५ : बझाङको बुंगल नगरपालिका ९ मा एकै परिवारका तीन जना मृत फेला परेका छन्। एकै परिवारका आमा, छोरी र छोरा...
बझाङ, साउन २५ : बझाङको बुंगल नगरपालिका ९ मा एकै परिवारका तीन जना मृत फेला परेका छन्। एकै परिवारका आमा, छोरी र छोरा मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलमा अहिले प्रहरी टोली जाँदै गरेकाे छ। स्थानीयका अनुसार बुंगल ९ की गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीय छोरा मृत भेटिएका हुन।
तीनै जना घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा देखिएका हुन। साथै भारतमा रहेका गीताका श्रीमान पुष्कर गत राति मात्रै घरमा आइपुगेका थिए।
प्रकाशित मिति: १८:२४ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











