Kathmandu Press

उपत्यकामा ३०० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३८६६ जना

काठमाडौं, साउन २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ५३, ललितपुरमा २९ र...
उपत्यकामा ३०० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३८६६ जना

काठमाडौं, साउन २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २ सय ५३, ललितपुरमा २९ र भक्तपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार ९, ललितपुरमा ८ सय ४६ र भक्तपुरमा ११ रहेको मन्त्रालयले जनाएको छ।

बुधबार देशभर ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ।

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्