नागरिकता विधेयक राष्ट्रपतिबाट समयमै प्रमाणित नभएकामा प्रचण्डको असन्तुष्टि
काठमाडौं, साउन २५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाई भएकामा असन्तुष्टि जनाएका छन् । पाँच दिने...
काठमाडौं, साउन २५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाई भएकामा असन्तुष्टि जनाएका छन् । पाँच दिने जापान भ्रमण सकेर बुधबार स्वदेश फर्केका प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणित हुन ढिला नहुनुपर्ने बताएका हुन् ।
उनले केही ढिलाई भएपनि राष्ट्रपतिबाट विधेयक प्रमाणित हुनेमा विश्वस्त रहेको बताए । राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो,’ उनले भने।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित भएपछि विधेयक प्रमाणीकरणका लागि सभामुखले राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर अहिलेसम्म विधेयक प्रमाणित नहुँदा पुनः प्रतिनिधि सभामै फिर्ता हुनसक्ने चर्चा चलिरहेको बेला प्रचण्डले यस्तो बताएका हुन् ।
पाँच दिने जापान भ्रमणका लागि प्रचण्ड २१ साउनमा जापान प्रस्थान गरेका थिए । उनले जापान भ्रमण फलदायी भएको पनि बताए।











