थप ८६८ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
मंगलबार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो।
काठमाडौं, साउन २५ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ नमूनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ४१४ जना संक्रमणमुक्त भएका छन् । आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











