Kathmandu Press

‘सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोज्यो’  

काठमाडौं,  साउन २५ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको आजको बैठक सुरु...
‘सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोज्यो’  
फाइल तस्बिर

काठमाडौं,  साउन २५ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए। 

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले  स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए। सोही दलका सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे।
    
यस्तै, उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए । 

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्