बझाङमा एकै परिवारका तीन जना मृत फेला
काठमाडौं, साउन २५ : बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार स्थानीय २२ वर्षीया...
काठमाडौं, साउन २५ : बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार स्थानीय २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वषीय छोरा भूपेन्द्र पार्की झुण्डिएको अवस्थामा फेला परेका हुन्। बालिकाको भने नाम खुलेको छैन ।
घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ । बाँकी कुरा अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
प्रकाशित मिति: १४:३६ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











