Kathmandu Press

महामन्त्री थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, साउन २५ : नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा जारी छ।सभापति शेरबहादुर देउवा,  दुई उपसभापतिद्वय पूर्णबहादुर खड्का र...
महामन्त्री थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, साउन २५ : नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा जारी छ।

सभापति शेरबहादुर देउवा,  दुई उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि आज (बुधबार) का लागि बोलाइएको बैठक थापाको अध्यक्षतामा बसिरहेको हो।

सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा सहभागी नभएको खबर पठाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उपसभापति खड्का कोरोना संक्रमणका कारण होम आइसोलेसनमा र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कारण बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ।

१४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएयता पहिलोपटक कांग्रेसको बैठक थापाको अध्यक्षतामा बसेको हो। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजेता बनेर स्थानीय सरकार हाँमिरहेको जप्रतिनिधिका लागि यही ३० र ३१ साउनमा आयोजना गर्न लागिएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको जनाइएको छ।

कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र प्रवक्ता गरी १४ पदाधिकारी छन्। सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पदमा अहिलेसम्म कोही पनि चुनिएका छैनन्।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्