Kathmandu Press

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडाैं, साउन २५ : राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन्। 

नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आजै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नुहुनेछ। केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ।

'प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसरसमेत हो,' उनले भनिन्। उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी छिन्। उनले गोकुलम केरेला क्लबबाट खेल्नेछिन्। 

प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ। केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो। दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताइन्। उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताए। 

यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ। डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ। 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्