Kathmandu Press

कांग्रेस सांसद तामाङलाई पितृशोक, संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडाैं, साउन २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ। उनका पिता दीपबहादुर तामाङको मंगलबार ८९ वर्षका...
कांग्रेस सांसद तामाङलाई पितृशोक, संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडाैं, साउन २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ। उनका पिता दीपबहादुर तामाङको मंगलबार ८९ वर्षका उमेरमा  निधन भएको हो।

दीपबहादुरको निधनप्रति कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएका दीपबहादुरले आफ्ना सन्ततिहरुलाई सदैव देश, लोकतन्त्र एवं आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आएको जनाइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्