बालाजुकाे जुत्ता कारखानामा भीषण आगलागी
काठमाडौं, साउन २५ : बालाजुको औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ।जुत्ताचप्पल बनाउने एक कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीा अनुसार आगलागी नियन्त्रणमा...
काठमाडौं, साउन २५ : बालाजुको बाइपासनजिकै एक कारखानामा भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। त्यसका लागि काठमाडौं र ललितपुरका दमकल आगलागी भएकाे ठउँमा पुगिसकेका छन्। सुरक्षाकर्मीसहित स्थानीय पनि आगाे निभाउने कार्यमा जुटेका छन्।
कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना बढेपछि स्थानीय त्रसित छन्। आगोलागीको कारण भने खुल्न बाँकी रहेको बालाजु प्रहरी वृत्तले जनाएको छ।
प्रकाशित मिति: १२:१२ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











