Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २५ : प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।आज दिउसो बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २५ : प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।

आज दिउसो बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बैठकका लागि विभिन्न नौ वटा कार्यक्रम रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

प्रतिनिधि सभाको निर्वाचन घोषणा भएसँगै संसद्ले धमाधम कानून निर्माणको काम गरिरहेको छ।

प्रकाशित मिति: ०८:४५ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्