Kathmandu Press

नयाँ वर्षमा ‘चपली हाइट-३’

काठमाडौं, मंसिर १० : चलचित्र ‘चपली हाइट–३’को रिलिज मिति घोषणा गरिएको छ।

सस्पेन्स थ्रिलरमा बनेको यो फिल्म चैत २८ मा रिलिज ह....

नयाँ वर्षमा ‘चपली हाइट-३’

काठमाडौं, मंसिर १० : चलचित्र ‘चपली हाइट–३’को रिलिज मिति घोषणा गरिएको छ।

सस्पेन्स थ्रिलरमा बनेको यो फिल्म चैत २८ मा रिलिज हुन लागेको हो। फिल्मका टिमले छायांकनस्थलबाटै रिलिजको मिति घोषणा गरेको हो।

Hardik ivf

अर्जुन कुमारले निर्माण गरेको फिल्म निकेश खड्काले निर्देशन गरेका हुन्। छायांकनको क्रममा प्राविधिक काम राम्रो भएपछि ‘चपली हाइट–३’ को कामले तीव्रता लिएको छ।  ‘नयाँ वर्षमा दर्शकका लागि चपली हाइट–३ उपहार हुनेछ,’ निर्माता कुमारले भने।

यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, प्रतिक श्रेष्ठ, महेश त्रिपाठीलगायतको अभियन रहेको छ।

 

 

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्