Kathmandu Press

कस्तो छ आज दिनभरको मौसम?

काठमाडौं, साउन २५ : मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको...
कस्तो छ आज दिनभरको मौसम?

काठमाडौं, साउन २५ : मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले आकलन गरेको छ।

आज राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०७:१३ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्