Kathmandu Press

परराष्ट्रमन्त्री डा. खड्का चीन प्रस्थान

काठमाडौं, साउन २५ : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि गएराति चीन प्रस्थान गरेका छन्।चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा डा. खड्का...
परराष्ट्रमन्त्री डा. खड्का चीन प्रस्थान

काठमाडौं, साउन २५ : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि गएराति चीन प्रस्थान गरेका छन्।

चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा डा. खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन्। उनले आज चिनियाँ समकक्षी यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन्। त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाललगायत भ्रमण टोलीमा छन्।

परराष्ट्रमन्त्री डा. खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्