Kathmandu Press

उच्चका २७ न्यायाधीशका लागि दुई सय ७७ उम्मेदवार

काठमाडौं, साउन २५ : उच्च अदालतका रिक्त २७ न्यायाधीशको लागि दुई सय ७७ जनाले उम्मेदवारी दिएका छन्।न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका...
उच्चका २७ न्यायाधीशका लागि दुई सय ७७ उम्मेदवार

काठमाडौं, साउन २५ : उच्च अदालतका रिक्त २७ न्यायाधीशको लागि दुई सय ७७ जनाले उम्मेदवारी दिएका छन्।

न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो। परिषद्ले जिल्ला न्यायाधीश, कानून व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानून समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको हो।

त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानून व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको परिषद्ले जनाएको छ।

कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन्। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरी सूची प्रकाशित हुनेछ।

प्रकाशित मिति: ०६:५३ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्