Kathmandu Press

जापानबाट प्रचण्डको घोषणा – चितवन ३ बाट चुनाव लड्छु 

काठमाडौं, साउन २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । पत्रकार...
जापानबाट प्रचण्डको घोषणा – चितवन ३ बाट चुनाव लड्छु 

काठमाडौं, साउन २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । 

पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा अन्य धेरै ठाउँबाट आग्रह भएपनि चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । 

उनले भने ‘मलाई चुनाव रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भित्रैबाट चुनाव लड्नुहोस् भन्नुभएको छ, साथीहरुलाई के परेको छ भने प्रचण्ड आइदिए जिल्लाको बिकास अलि ब्यापक रुपले हुन्थ्यो, पहिचान हुन्थ्यो जिल्लाको भन्ने लाग्या छ, तर महिले साथीहरुलाई धन्यवाद भन्दैं म चाहि यो पटक चितवनबाटै लड्छु भनेको छु ।’ 

यस्तै उनले आफू एक राष्ट्रिय स्तरको नेताको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्ने भएको बताए ।

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्