Kathmandu Press

कानूनको पालना गर्न नर्भिक अस्पताललाई मेयर बालेनको आग्रह

काठमाडौं, साउन २४ : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्।​अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना...
कानूनको पालना गर्न नर्भिक अस्पताललाई मेयर बालेनको आग्रह

काठमाडौं, साउन २४ : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्।​

अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्तो बताएका हुन्। महानगरले सोमबार २४ घण्टाको म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।

अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय लाग्ने र त्यतिन्जेल बिरामीका लागि अत्यावश्यक अक्सिजन प्लान्टसमेत त्यहीँ रहेको बताएपछि महानगरले थप ३५ दिन समय दिएको हो।

समय अवधि थपेपछि मेयर शाहले कानून सबैका लागि बराबर हुने र यसको पालना सबैले गर्नुपर्ने आग्रह गरेका छन्। यदि तोकिएको नयाँ अवधिमा पनि संरचना नहटाए कानून बमोजिम हटाइने धम्कीसमेत उनले दिएका छन्।

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्