आगामी चुनावबारे छलफल गर्न समाजवादी पार्टीका अध्यक्षद्वय बालुवाटारमा
काठमाडाैं, साउन २४ : नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव बालुवाटार पुगेका छन्। मंगलबार दिउँसाे आगामी चुनावबारे प्रधानमन्त्री शेरबहादुर...
काठमाडाैं, साउन २४ : नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव बालुवाटार पुगेका छन्। मंगलबार दिउँसाे आगामी चुनावबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न यादव र भट्टराइ बालुवाटार पुगेका हुन।
आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव बालुवाटार गएकाे समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ।
साथै, समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ।
आगामी चुनावमा भट्टराई गोरखा २ बाट लड्ने तयारीमा छन् भने यादव सर्लाहीमा चुनाव लड्ने तयारीमा रहेका छन।
प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











