Kathmandu Press

आदिवासीको हक हित र संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री 

आदिवासीको हक हित र संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री 

काठमाडौं, साउन २४ : प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

२८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रीक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । 

उनले संविधानमा उल्लेख समानुपातीक समावेशीताको बिषयलाई व्यवहारलाई उर्तान पनि आफुले पहल गरेको जानकारी दिए । आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको बिकासमा उनीहरुको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो । उहाले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिन गरेको मागलाई आफुले पुरा गर्ने आश्वासन दिए ।

दिवसका अबसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्याली समेत निकालिएको थियो । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्