कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
काठमाडौं, साउन २४ : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा...
काठमाडौं, साउन २४ : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम यही साउन ३० र ३१ गते ललितपुरमा हुने पार्टी कार्यालयले जनाएको छ।
अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, पालिकाका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
कार्यक्रमका लागि साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरुको नाम दर्ता गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











