Kathmandu Press

एकैदिन हजार भन्दा बढीमा कोरोना संक्रमण, दुईको मृत्यु

सोही अवबिमा ४३८ जना संक्रमणमुक्त हुँदा २ संक्रमितको मृत्यु भएको छ। 
एकैदिन हजार भन्दा बढीमा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं, साउन  २४ : मुलुकभर एकैदिन हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ हजार ३०० जनामा परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० र ३ हजार ३४२ नमूनाको एन्टीजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको हो।

सोही अवबिमा ४३८ जना संक्रमणमुक्त हुँदा २ संक्रमितको मृत्यु भएको छ। 

योसँगै कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ  ९ लाख ९१ हजार १८५ पुगेको छ भने एन्टीजेनतर्फ  १ लाख ४५ हजार ५७७ पुगेको छ।
 
त्यस्तै ९ लाख ७३ हजार ४०५ जना संक्रमणमुक्त हुँदा कुल ११ हजार ९७४ संक्रमितको मृत्यु भइसकेको  मन्त्रालयले जानकारी दिएको छ।
 
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ। मन्त्रालयका अनुसार मंगलबार  १ लाख ७१ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 
 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्