Kathmandu Press

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौं, साउन २४ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत...
प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौं, साउन २४ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ।

पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति,  आगामी निर्वाचन र गठबन्धन लगायतको विषयमा समेत छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्