प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए।
काठमाडौं, साउन २४ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । मंगलबार बिहान निर्वाचन आयोगको कार्यालय पुगेर नेताहरले दल दर्ताका लागि निवेदन दिएका हुन्।
दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

आयोगमा हालसम्म सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी दर्ता भएका छन् ।











