लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासहितकाे टाेलीसँग प्रचण्डको भेटवार्ता
काठमाडौं, साउन २४ : पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता...
काठमाडौं, साउन २४ : पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका छन्।
अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मंगलबार एलडिपी हेटक्वार्टरमा वरिष्ठ नेतता निक्कईसहितका प्रतिनिधिमण्डसँग प्रचण्डले भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहररनगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











