Kathmandu Press

फाेहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड (तस्बिरहरु) 

गएराती  सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो
फाेहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड (तस्बिरहरु) 

काठमाडौं, साउन २४ : काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडी तोडफोड भएको छ । गएराती  सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो

काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले  १७ वटा गाडी तोडफोड भएको जानकारी दिए । उनका अनुसार १४ वटा फोहोरका टिपर, दुई वटा डोजर र एउटा स्काभेटर तोडफोड भएका हुन् ।

तोडफोड भएका सवारी साधन फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन्। त्यस्तै, स्काभेटर र डोजर महानगरपालिकाको स्वामित्वमा भएको भट्टले जानकारी दिए।फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्