Kathmandu Press

परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै

काठमाडौं, साउन २४: परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्।मन्त्री डा. खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणमा चीन...
परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै

काठमाडौं, साउन २४: परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्।

मन्त्री डा. खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणमा चीन जान लागेका हुन्। उनको भ्रमण दुई देशबीच विश्वासको वातावरण बढाउन फलदायी हुने जनाइएको छ।

मन्त्री डा. खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्ने कार्यक्रम छ। दुई देशका मन्त्रीको भेटमा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएयता पहिलो पटक सरकारका उच्च अधिकारी चीन जान लागेका हुन्। उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्